Sunday, November 11, 2012

उपदेश


ब्यर्थै किन रुन्छस् तँ हे मानव; सहन सकिनस् तैले कस्तो चाँही कस्ट
आँसु खसाइ तैले गर्दा यहाँ सोक ; सोध् 'के फेरियो तेरो यो बर्तमान'

लुटियो र के आज तेरो यहाँ; जस्ले पोल्दैछ तेरो अन्तरात्मा
बोकेर ल्यएथिस् के तैले आउँदा; जस्को आगोमा जल्दैछस् तँ भित्र भित्र

चाहे होलान् मानिसका यहाँ अनेकौ रंग; तर नभुले है कैले
आखिर मिसिनु छ माटोमा खरानीनै भएर

संगालेश् सधैं यो उपदेश; सुख र दु:ख मनका केवल एक भाव
पाउनु गुमाउनु मान्छेका कल्पना मात्र; मानिस सधैं रिक्तो यही जीवन सत्य    
 

         
 



 

No comments:

Post a Comment